सन्दीप लामिछानेमाथि अनुशासनको कारबाही, वेस्ट इन्डिजसँगको दुई खेलमा गरिएको थियो निलम्बन

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट एसाेसिएसन अफ नेपाल(क्यान)ले अनुशासनको कारबाही गरेको खुलेको छ। वेस्ट इन्डिजविरुद्ध मंगलबार सम्पन्न सिरिजमा उनलाई दुई खेल निलम्बन गरिएको थियो। 

पहिलो खेलको ४५ मिनेटअघि लामिछानेले आफू सो खेल नखेल्ने बताएका थिए। सोही विषयलाई लिएर उनलाई अनुशासनको कारबाही गरिएको क्यानका सचिव पारस खड्काद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। सोही घटनाका कारण पछिल्लो दुई खेलमा उनलाई निलम्बन गरिएको थियो। यो सिरिज नेपालले २–१ ले जितेको थियो। 

साथै, नेपाली टाेली विश्वकप छनोटका लागि युएईबाट ओमान प्रस्थान गरेकोसमेत क्यानले जानकारी गराएको छ। 

सुझावित समाचार