नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको छ। निगमले भारतबाट मूल्य बढेर आएको भए पनि आसन्न चाडपर्वको अवसरमा आमउपभोक्तालाई मूल्य वृद्धिको चाप कम गर्न मूल्य नबढाएको स्पष्ट गरेको छ।
निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिन्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ।
