दुईपटक टी–२० विश्वविजेता बनेको वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक सिरिज हात पारेको छ। सोमबार भएको दोस्रो टी–२० खेलमा सानदार जितसँगै नेपालले सिरिज जितेर इतिहास बनाएको हो।
वेस्ट इन्डिजविरुद्ध नेपालले ९० रनको जित हात पारेको हो।
ब्याटिङतर्फ आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार गरे भने बलिङतर्फ आदिल आलमले चार, कुशल भुर्तेलले तीन, दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।
टेस्ट खेल्ने देशविरुद्ध नेपालले पहिलोपटक सिरिज जितेको हो। पहिलो खेल नेपालले १९ रनले जितेको हो।
तीन खेलको सिरिजअन्तर्गत अन्तिम खेल बाँकी नै रहँदा नेपालले सिरिज हात पारेको हो। सोमबार नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनैतर्फ उत्कृष्ट प्रदर्शन गरेको थियो।