दोस्रो टी–२० मा वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

आशिफ शेख र सन्दीप जोराले अर्धशतक बनाएपछि युएईमा जारी युनिटी कप टी-२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजलाई १७४ रनको बलियो लक्ष्य दिएको छ ।

सोमबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो। नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए । नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि सय रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले चार ओभरमा २१ रन दिएर दुई विकेट लिए । काइल मेयर्सले दुई विकेट लिए । नेपाल लागतार दोस्रो जितसहित शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो । नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । पहिलो खेल खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले मौका पाएका छन् । उनले ११ रन जोडे ।

सुझावित समाचार