टस जितेर ब्याटिङमा नेपाल, सन्दीप आज पनि नखेल्ने, आदिल आलमलाई मौका

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नेपालले टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ रोजेको छ। 

युएईको शारजहाँ क्रिकेट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने  निर्णय लिएका हुन्। 

नेपाल लागतार दोस्रो जितसहित शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ।  पहिलो खेलमा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो। 

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ। पहिलो खेल खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले मौका पाएका छन्। सन्दीप भने दोस्रो खेलमा पनि अटाएनन्। सन्दीप आफैँले व्यक्तिगत कारण देखाउँदै नखेलेको क्यान स्रोत बताउँछ। 

नेपाली टोली 
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी
 

सुझावित समाचार