हाम्रो देशलाई डिप स्टेटको प्रयोगशाला बनाइयो : शंकर पोखरेल

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशलाई डिप स्टेटको प्रयोगशाला बनाइएको टिप्पणी गरेका छन्। भूराजनीतिक चपेटामा परेकाले विदेशीले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने  खेल खेलिरहेको उनको भनाइ छ। 

ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने उनको विश्वास छ। 

पोखरेलले फेसबुकमा लेखेका छन्– 

 हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्याे । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौँ । हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ । उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौँ । तर, यसको अर्थ नेपाललाई बहुलवाद, समावेशिता,  लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवं स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन । 

ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कनेछ र फर्काइनेछ । नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ र रहनेछ ।
 

सुझावित समाचार