६३७ किलो गाँजा बरामद

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

प्रहरीले सुनसरीको कोशी गाउँपालिका– ७ बाट भारत तस्करी गर्न लागिएको १८ बोरा गाँजा  बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा आइतबार बिहान २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले कोशी गाउँपालिका– ७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६३७ किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बरामद गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार