नेपाली क्रिकेट टोलीलाई ‘प्रचण्ड’ले बधाई दिए

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । शनिबार राति भएको खेलमा दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएपछि उनले नेपाली टिमलाई बधाई दिएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई ।’

प्रचण्ड लेख्छन्, ‘यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको संकल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ। नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।’

सुझावित समाचार