वेष्ट इन्डिजलाई नेपालद्वारा मध्यम लक्ष्य पेश

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

नेपाल र वेष्ट इन्डिजबिचको पहिलो टि–२० मा नेपालले  वेष्ट इन्डिजलाई १४९ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटीङ गरेको नेपालले ८ विकेट गुमाएर १४८ रन बनाएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए । त्यस्तै, कुशल मल्लले ३०, गुल्सन झाले २२ र दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन् । 
बलिङतर्फ वेष्ट इन्डिजका फाष्ट बलर ज्यासन होल्डरले ४ विकेट लिएका थिए। 

शारजहा क्रिकेट मैदानमा यो वर्ष भएका टी–२० खेलमा औसत १७९ रन बनेको छ। जसआधारमा नेपालले सो मैदानमा औसतभन्दा कम रन जोडेको छ। 
 

सुझावित समाचार