यसपटकको बडादसैँ तथा तिहारको अवसरमा नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ। दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ–तिहार मुभी मेला’ सार्वजनिक गरेको छ।
यसअन्तर्गत अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पीताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फेरि रेसम फिलिली’ हेर्न सकिन्छ। विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन्।
दर्शकले यी चलचित्रहरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएसलगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सक्नेछन्। साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत हेर्न सकिनेछ।