सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०८१/८२ को  मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको बैंकको ४९१औँ सञ्चालक समिति बैठकले लाभांशको उक्त प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आ.व ०८१/८२ को वितरणयोग्य मुनाफाबाट ०८२ असार मसान्तको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ रुपैयाँको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० रुपैयाँबराबरको सेयर बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने तीन करोड ८८ लाख ६५ हजार ८२३.५९ रुपैयाँसहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ लाभांश प्रस्ताव गरेको हो।

०६४ वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष ०६५/६६ देखि नै सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गरिरहेको जनाएको छ। आर्थिक वर्ष ०६५/६६ देखि आर्थिक वर्ष ०८१/८२ सम्मको औसत लाभांश दर ११.८७ प्रतिशत छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत छ।
 

सुझावित समाचार