दसैँ, तिहार र छठ पर्वको आगमन भएसँगै यी पर्वलाई विशेष बनाउन विभिन्न कम्पनीहरूले आ–आफ्ना रणनीतिअनुसारका योजना सार्वजनिक गरेका छन् । व्यवसायी र ग्राहक दुवैलाई खरिद–बिक्रीका हिसाबले दसैँ, तिहार, छठजस्ता चाडपर्व विशेष मानिन्छन् । यसैलाई मध्यनजर गर्दै लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले यस वर्ष ‘भित्र्याऔँ खुसी र समृद्धि : लेभल–अप विथ सिजी’ योजना सार्वजनिक गरेको छ ।
त्यसो त सिजी नम्बर वन इलेक्ट्रोनिक्स ब्रान्ड मात्रै होइन, नेपालको शिरलाई पनि माथि राख्ने ब्रान्ड बनेको छ । यसले विदेशी ब्रान्डसँग सहकार्य गरेर विभिन्न विश्वस्तरीय ब्रान्डलाई नेपाल भित्र्याएको छ । यसैलाई पुष्टि गर्दै सिजी इलेक्ट्रोनिक्सका एसडिए सेल्ड हेड मनमोहन झाले भने, ‘सिजीले सस्तो मूल्यमा विदेशी ब्रान्ड प्रयोग गर्न सक्ने बनाएको छ ।’
सेल्स हेड झाका अनुसार चाडबाडको सिजन सुरु भएसँगै सिजीले साना घरायसी सामान (एसडिए)मा नयाँ–नयाँ डिजाइमा र फिचरका विभिन्न उपकरण बजारमा ल्याइएको छ । अफरबारे जानकारी दिँदै उनले भने, ‘यो अफरमा प्रत्येक १५ दिनमा लक्की ड्रमार्फत सिजी ब्रान्डकै उपहार दिनेछौँ । त्यस्तै ग्राहकले बम्पर उपहारमा बम्पर पुरस्कारमा भियतनाम ट्रिप, हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्न सक्नुहुनेछ ।’ त्यस्तै, योजना अवधिभर प्रत्येक १५ दिनमा ग्राहकले अन्य थुप्रै आकर्षक पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।
सिजीले पछिल्लो १८ वर्षदेखि थुप्रै इनोभेसन गर्दै आइरहेको छ । ‘पहिले सानो रेन्जमा टिभीबाट सुरुवात गरेका थियौँ । अहिले हामीसँग ५०औँवटा रेन्ज छन्, पाँच सय प्रडक्ट लाइनअप छन् । त्यहीअनुसार नम्बर वान रहँदै आएका छौँ,’ झाको भनाइ छ । योजनामा सहभागी हुन ग्राहकले सिजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गतका साना घरायसी उपकरण खरिद गर्नुपर्छ । अनि त्यहाँ दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्छ र सब्मिट गरेपछि त्यो हाम्रो डेटामा सेभ हुन्छ । अनि प्रत्येक १५ दिनमा लक्की ड्रमार्फत विजेता घोषणा गरिनेछ ।
सिजी ब्रान्डमा घरेलु उपकरणमा राइस कुकर, मिक्सचर, फ्यान, एयर फ्रायर, इलेक्ट्रेलिक प्रेसर कुकर, इन्डक्सन चुलो, बार्बी क्यु मेसिनलगायतका रेन्ज हामीसँग छन् । त्यस्तै, सिजी मेरिडियामा पनि एयर फ्रायर, कफी मेकर, इन्डक्सन, मिक्सर, ब्लेन्डर, इलेक्ट्रिक वाटर हिटर, रुम हिटर, केटललगायतका रेन्ज छन् । त्यसैगरी, बिक्रीपछि सेवाका लागि सिजीको ७७ जिल्लामा नै सर्भिस रहेको झाले जानकारी दिए ।
उता, सिजीकै ब्रान्ड म्यानेजर सज्ञान ढकालले प्रिमियम सेग्मेन्टमा उक्त योजना सार्वजनिक गरेको बताउँछन् । ‘नेपालीको ठुलो चाड दसैँका साथै तिहार र छठलाई उत्सवमय बनाउन कन्जुमर स्किम (उपभोक्ता योजना) ल्याएका छौँ,’ उनले भने, ‘सधैँझैँ यसपालि ‘भित्र्याऔँ खुसी र समृद्धि, लेभल–अप विथ सिजी’ योजना ल्याएका छौँ । यो योजनामा घरायसी सामग्रीको खरिदमा एक लाख ८१ हजार नौ सय रुपैयाँसम्मको क्यासब्याक रहेको छ । त्यसैगरी, हात खाली नजाने स्योर सट उपहार पनि छन् ।’
उनका अनुसार यो योजनामा ग्राहकले माइक्रोवेभ ओभनको खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक–टप लोड वासिङ मेसिनमा एरियल तीन केजी सरफ निःशुल्क पाउनेछन् । साथै, फ्रन्ट लोड वासिङ मेसिनमा भने एरियल ६ केजी सरफ, डिसवासरमा डिस्वासर वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन सेवा पनि निःशुल्क पाउनेछन् ।
त्यसैगरी, अफरमा ४३ इन्चभन्दा माथिको टिभी किन्दा नेटटिभीको नौ महिनाको सब्स्क्रिप्सन, सहज किस्ताबन्दी र एक्सचेन्जको व्यवस्था पनि यो क्याम्पेनमार्फत गरेको ढकालको भनाइ छ । उनका अनुसार घरायसी उपकरणमा टिभी, अडियो सिस्टम, डिसवासर, रेफ्रिजेरेटर, माइक्रोवेभ, भ्याकुम क्लिनरलगायतमा यो योजना लागू भएको छ ।
यसै योजनाअन्तर्गत ग्राहकले सिजी, एलजी, गोदरेजका सामान किन्दा क्यासब्याकदेखि विभिन्न उपहार पाउने सिजीको गठ्ठाटार सोरुमका ब्रान्च म्यानेजर किसान श्रेष्ठ बताउँछन् । ‘ग्राहकले सिजी, एलजी, गोदरेजका सामान किन्दा क्यासब्याकदेखि विभिन्न उपहार पाउनुहुनेछ । दसैँ–तिहारलाई हेरी तत्काल सामन डेलिभरी गरेका छौँ भने इन्स्टलेसन सर्भिस पनि २४ घण्टाभित्रै उपलब्ध गराएका छौँ,’ उनले भने ।
मनमोहन झा, सेल्स हेड
चाडबाडको सिजन सुरु भएसँगै सिजीले आकर्षक योजना ल्याएको छ । साना घरायसी सामान (एसडिए) किन्दा ग्राहकले लक्की ड्रमार्फत बम्पर उपहारमा भियतनाम ट्रिप, मोटरसाइकलका साथै थुप्रै पुरस्कार जित्न सक्नेछन् ।
सज्ञान ढकाल, ब्रान्ड म्यानेजर
अहिले सिजी मेरिडिया सेग्मेन्टमा चाडपर्वलक्षित अफर ल्याएका छौँ । यो योजनामा ग्राहकले घरायसी सामग्रीको खरिदमा एक लाख ८१ हजार नौ सय रुपैयाँसम्मको क्यासब्याक रहेको छ । त्यसैगरी, हात खाली नजाने स्योर सट उपहार पनि छन् ।