अरनिको राजमार्ग बलेफी– ५ मा दुध बाेक्ने मारुती भ्यान भोटेकोशी नदीमा खसेर बेपत्ता भएको छ । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका– १०, पस्थली बस्ने २३ वर्षीय नवराज खुलालले चलाएको बा.१२च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान नदीमा खसेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका- १०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने सो भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा भोटेकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरी चौकी बलेफीका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेशप्रसाद गुप्ताले बताए ।
गुप्ताको कमान्डमा चारजनाको प्रहरी टाेली घटनास्थल पुगेर खोजतलास गररिहेकाे छ । भ्यानमा चालक मात्रै रहेको प्रहरीले बताएको छ ।