अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली नागरिकले पनि आगामी निर्वाचनमा भाग लिन पाउने गरी व्यवस्था गर्न प्रयास भइरहेको बताएकी छिन्। बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
यस विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको उनको भनाइ छ । निर्वाचनमा सहयोग गर्न सबैलाई उनले आग्रह गरेकी छिन्। सरकारले २१ फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ।