काठमाडौंबाट दशैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणहरुको नयाँ बसपार्कमा भीड बढेको छ । नयाँ बसपार्कबाट लामोदुरीका बस छुट्ने गरेका छन् ।
दशैंमा बर्षेनी ठूलो संख्यामा उपत्यकाबाट सर्वसाधारणहरु बाहिरिने गरेका छन् । विद्यार्थीहरु छठपछि र अन्य कामकाजी सर्वसाधारण भने दशैंलगत्तै काठमाडौं आउने गरेका छन् । व्यवसायीहरुले पनि दिवा तथा रात्री सेवामा बसको संख्या थपेर दशैंमा उपत्यकाबाट यात्रुहरु ओसार्ने गरेका छन् ।
पहिरोले राजमार्गहरु अवरुद्ध हुँदा यात्रुहरु समयमै गन्तव्य पुग्न भने कठिनाई भइरहेको छ । काठमाडौंबाट लामो दुरीको यात्रा गर्ने सर्वसाधारणहरुले भने मुग्लिन–नारायणगढमा पहिरोका कारण अवरुद्ध भएको बाटोका कारण सास्ती खेप्नुपर्ने भएको छ । त्यस्तै दाउन्ने खण्डमा पनि अवरुद्ध र जाम हुने गरेको छ ।









