नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् ।
नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पद त्यागेको उल्लेख गर्दै उनले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि निरन्तर रहनेछु।’
बिहीबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले जेन–जी युवा आन्दोलनलाई जायज भन्दै समर्थन जनाएका छन् । साथै, उनले आगामी निर्वाचनअघि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ‘यदि कारबाही भएन भने फेरि पनि भ्रष्ट नेताहरू नै निर्वाचित भएर आउँछन्,’ भट्टराईको भनाइ छ ।