साओमीको दसैँ स्किम : मोबाइल किन्दा ५० लाखसम्मको उपहार

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

 टेक्नोलोजी कम्पनीले साओमीले नेपाली उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । ५ असोजदेखि सुरु भएको यो योजनामा दैनिक र साप्ताहिक ‘लक्की ड्र’मार्फत प्रिमियम साओमी उत्पादन उपहारस्वरूप पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । योजना ५ कात्तिकसम्म चालू रहनेछ ।

साओमीका मोबाइल खरिद गर्दा साप्ताहिक रूपमा एकजनाले साओमी १५ अल्ट्रा मोबाइल, साओमी प्याड–७ जित्न सक्नेछन् । त्यस्तै, दैनिक लक्की ड्रमा दैनिक एकजनाले रेडमी प्याड–२, दैनिक ३० जनाले रेडमी बड्स ५–ए र दैनिक १० जना विजेताले वाच ५ एक्टिभ प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन ग्राहकले साओमी मोबाइल खरिद गरी त्यहाँ भएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको आइएमइआई नम्बर प्रमाणीकरण गरेर व्यक्तिगत विवरण भर्नुपर्नेछ । त्यसपछि ‘स्पिन दी व्हिल’ गरेर उपहार जित्न सकिने बताइएको छ । 

See More On

सुझावित समाचार