नेपाली उपभोक्ताको मन जित्दै आएको नेपालकै अग्रणी ब्रान्ड सिजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन विशेष योजना सार्वजनिक गरेको छ । सिजी र सिजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत साना घरायसी उपकरणको खरिदमा विशेष उपभोक्ता योजना सार्वजनिक गरिएको हो । जसमा ग्राहकले भियतनाम ट्रिपदेखि हिरो स्प्लेन्डर बाइकसम्म जित्ने मौका पाउनेछन् ।
विशेष योजनामा सहभागी हुन ग्राहकले सिजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गतका साना घरायसी उपकरण खरिद गर्नुपर्नेछ । त्यसपछि त्यहाँ रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भरेपछि स्वतः लक्की ड्रमा सहभागी भइनेछ । लक्की ड्रबाट छानिने भाग्यशाली विजेताले बम्पर पुरस्कारमा भियतनाम ट्रिप, हिरो स्प्लेन्डर प्लस मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै, योजना अवधिभर प्रत्येक १५ दिनमा ग्राहकले अन्य थुप्रै आकर्षक पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेदेखि देशभरिका सिजी डिजिटल आउटलेट र आधिकारिक च्यानल पार्टनरमार्फत सञ्चालनमा आइसकेको छ ।
यस योजनाले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकलाई आधुनिक जीवनशैलीका साथसाथै आकर्षक पुरस्कार जित्ने अवसरसमेत दिनेछ । ‘भित्र्याऔँ खुसी र समृद्धि : लेभल–अप विथ सिजी’ भन्ने मूल सन्देशका साथ यो योजना सुरु गरिएको बताइएको छ । सिजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादन ल्याउँदै आएको छ । चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्तालाई जीवनमा खुसी र समृद्धि भिœयाउने उद्देश्यले यो अभियान ल्याइएको हो । यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको समिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउने कम्पनीको विश्वास छ ।