रमेश अन्जान कडरियाको ‘गलामा माला’ गीत सार्वजनिक

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

संगीतकार रमेश अन्जान कडरियाको दसैँ–तिहार विशेष गीत ‘गलामा माला’ सार्वजनिक भएको छ। किशोर पोख्रेलको शब्दमा संगीतकार कडरियाले संगीत भरेका छन्। सुमन केसीले एरेन्ज गरेको गीतमा स्वरूपराज आचार्यले आवाज दिएका छन्।

गायकका रूपमा सांगीतिक यात्रा सुरु गरेका रमेश अन्जान कडरियाले दर्जनौँ गीतमा संगीत भरेका छन्। उनले करिब एक दर्जन गीत आफ्नै स्वरमा पनि रेकर्ड गराएका छन्।

शिशिर भण्डारी, एलिना थपलिया, गीता थापाको अभिनय रहेको गीतको भिडियोलाई कलाकार शिशिर भण्डारीले निर्देशन गरेका हुन्।  ज्ञानकुमार कट्टेलको छायांकन, राजकुमार कार्कीको एडिटिङ रहेको म्युजिक भिडियो जेबिआर इन्टरटेनमेन्ट  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सुझावित समाचार