काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । चुच्चेपाटी र सोल्टी दोबाटोमा दुर्घटना भएका हुन्।
काठमाडौं महानगरपालिका– ६, चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म.प्र.०३–००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बुढानीलकण्ठ नगरपालिका– १२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारीसाधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, नागार्जुन नगरपालिका– ४, सोल्टी दोबाटोस्थित सडकमा बा.प्र –०१–०३० च ६५०१ नम्बरको इभी भ्यानको ठक्करबाट सोही नगरपालिका– १० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यानचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।