विश्वप्रकाशले भने– अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग नराखी चुनावमा जानुपर्छ

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्ठ्यारो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापनाकाे माग पार्टीले राख्न नहुने बताएका छन्।

एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुईमत रहेको बताए। उनले भने, ‘संसद् पुनर्स्थापना गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौँ। तर, मेरो धारणाचाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ। अप्ठ्यारोको बिचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको वेलामा अब पुनर्स्थापनाकाे माग राख्न हुँदैन।’

’

सुझावित समाचार