तयारीमा व्यस्त युवा टिम

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१७ महिला एसिया कप छनोटमा नेपाली महिला टोलीले तयारी तीव्र बनाएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अहिले महिला टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनहुँ अभ्यास गराइरहेका छन् ।

समूह ‘एफ’मा रहेको नेपालले आयोजक थाइल्यान्डसँगै तुर्कमिनिस्तानसँग खेल्ने तालिका छ । यो छनोट खेल १३ देखि १७ अक्टोबरसम्म हुनेछ । हालसम्म यो प्रतियोगिता नौपटक आयोजना हुँदा उत्तर कोरिया र जापानले सर्वाधिक चारपटक जितेका छन् ।

दक्षिण कोरियाले एकपटक मात्र च्याम्पियन भयो । छनोट प्रतियोगितामा आठ आयोजकसहित २७ राष्ट्र सहभागी हुँदै छन् । तीन च्याम्पियनसहित आयोजक चीन पनि सीधै फाइनल चरणमा स्थान बनाएको छ । अब, फाइनल चरणको प्रतियोगिताको लागि २७ मध्ये आठ टिम छनोट हुनेछन् । 

सुझावित समाचार