जुम्लाकी सुनमायाले स्पेनमा विश्व माउन्टेन च्याम्पियनसिप खेल्ने

नेपाली टिम व्यवस्थापक प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताइन्

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

पातारासी गाउँपालिका– २ पेरेगाउँकी सुनमाया बुढाले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएकी छिन् । स्पेनको क्यान फ्रान्कमा हुने तेस्रो संस्करणको प्रतियोगिता ८ देखि १३ असोजसम्म हुनेछ । पछिल्लो समय सुनमाया अन्र्तराष्ट्रिय टे«ल रेसमा निकै सफल हुँदै आएकी छिन् । उनीसँगै नेपालबाट सुमन कुलुङ, सांगे शेर्पा, मनकुमार रोकाले प्रतिस्पर्धा गर्नेछन् ।

भिसाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेको नेपाल एडभेन्चर रनिङ फेडेरेसनले जनाएको छ । यसअघि नेपालबाट ८ खेलाडीले सहभागिता जनाउने भनिएको थियो ।

‘नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरीयताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरीयताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारैजना खेलाडीले सिंगल लामो दूरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।’ 

नेपाली टिम व्यवस्थापक प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताइन् । ‘मुख्य मापदण्डको रूपमा आइटिआरए ¥यांङिलाई प्राथमिकता दिइएको छ । छनोट प्रक्रिया जर्मनीसहित अन्य सहभागी देशहरूसँग मेल खान्छ । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटिआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।’ खत्रीले भनिन्, ‘हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्यांकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।’

महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘फरक खेल विधाको रूपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेस गर्दै छन्’ अध्यक्ष कुँवरले भने, ‘नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रर्दशनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तराष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको छ ।’

सुझावित समाचार