रेडमी नोट १४ सिरिजमा ‘बन्डलिङ योजना’

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

प्रविधि कम्पनी साओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले स्मार्ट फोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् ।

असोज ५ गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्ट फोन खरिदमा ग्राहकले रेडमी बड्स ५–ए केवल नौ सय ९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन् । यस अफरबारे साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौँ । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौँ ।’

रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडेल खरिद गर्ने ग्राहकले सामान्यतया २,४९९ पर्ने रेडमी बड्स ५ए केवल नौ सय ९९ रुपैयाँमा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी र रेडमी नोट १४ प्रो प्लस ५जी सबै मोडेलमा लागू हुनेछ । ग्राहकले जुनसुकै स्मार्ट फोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।

सुझावित समाचार