युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

नेपाली क्रिकेट टिमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालमा जेन–जेड आन्दोलनकै क्रममा हजारौँ कैदीहरू जेलबाट निस्किएपछि युएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा समेत पहल गरेको थियो ।

वेस्ट इन्डिजसँगको शृंखलाका लागि क्यानले सारजहाँ क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी–२० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

सुझावित समाचार