हिजोदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज राति पनि नखुल्ने, पहिरो पन्छाउने काम भोलिबाट

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउने काम स्थगित गरिएको छ। तुइन खोला पुलनजिकैको पहिरो पन्छाउने काम अब आइतबार बिहानबाट फेरि थालिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

शुक्रबार साँझ साढे ६ बजे पहिरो खस्दा अवरुद्ध सडकमा शनिबार बिहानबाट पन्छाउन थालिएको थियो। तर, फेरि शनिबार बिहान अर्को ठुलो पहिरो खसेको थियो।

करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेकामा बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको अवस्था छ। शनिबार दिनभर बाटो खोल्ने प्रयास भयो। तर, निरन्तर ढुंगा खसिरहेको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न माइकिङ गरेको छ।
 

सुझावित समाचार