साफ महिला क्लब च्याम्पियनसिप नेपालमा

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण
  • ५ देखि २० डिसेम्बरसम्म हुने क्लब च्याम्पियनसिपमा आयोजक नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ महिला क्लब च्याम्पियनसिप पहिलोपटक आयोजना गर्ने भएको छ । साफले पहिलो संस्करणको आयोजक राष्ट्रका रूपमा नेपाललाई चयन गरेको छ ।

साफले शुक्रबार आगामी डिसेम्बरमा नयाँ मिति तय गरेको हो । गत जेठमा साफ कंग्रेसबाट नोभेम्बरमा प्रतियोगिता गर्ने तय भएको थियो । तर, तयारी अभावपछि प्रतियोगिता एक महिनापछि धकेलियो । अब प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुनेछ । यद्यपि, रंगशाला भने तोकिएको छैन । हाल साफका प्रतियोगिता गर्न दशरथ रंगशाला मात्रै तयार देखिन्छ । 

पाँच राष्ट्र सहभागी हुने 
साफले प्रतियोगितामा दक्षिण एसियाका पाँच देश मात्रै सहभागी हुने जनाएको छ । माल्दिभ्स र श्रीलंकाले भाग लिएका छैनन् । नेपालबाट एपिएफ, बंगलादेशको नस्रिन स्पोर्टस् एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची फुटबल क्लब रहेका छन् । नेपालको एपिएफ, भुटानको ट्रान्सपोर्ट युनाइटेड र भारतको इस्ट बंगालले गत संस्करणको एएफसी क्लब च्याम्पियनसिप खेलेका थिए । 

नेपालको एपिएफ समूह चरणबाट माथि बढ्न सकेन । यो प्रतियोगितामा सहभागी सबै टिम घरेलु लिग च्याम्पियनका रूपमा छनोट भएका हुन् । नेपालको एपिएफ क्लबले फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै च्याम्पियन भएको थियो । 

See More On

सुझावित समाचार