पाकिस्तानको दोस्रो जित

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

श्रीलंकाको कोलम्बोमा चलिरहेको पुरुष यू–१७ च्याम्पियनसिपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । एकपटकको च्याम्पियन पाकिस्तानले शुक्रबार आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ५–२ ले हराएको हो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक छ । दुवै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । पहिलो खेलमा पाकिस्तानले भुटानलाई ४–० ले हराएको थियो । माल्दिभ्स भारतसँग ६–० को हार व्यहोरेको थियो ।

श्रीलंकाको राजधानी कोलम्बो रेसकोर्स रंगशालामा पाकिस्तानलाई जित दिलाउन मन्सुर अहमदले ह्याट्रिक गरेका थिए । यसैगरी, मोहम्मद अब्दुल्लाहले दुई गोल थपे । माल्दिभ्सका लागि अली इलान र मोहम्मद सायन सिफाउले गोल फर्काए ।

सुझावित समाचार