एक लाख घुससहित लेखा अधिकृत पक्राउ

शुक्रबार, ३ असोज, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको हो। 

आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९, मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन्। 

सुझावित समाचार