सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। जेन–जी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेन–जीको प्रस्तावअनुसार नै उनको नियुक्ति भएको हो । 

आजै शपथ लिएर उनले पदभार ग्रहण गर्दै छिन्। आजै केही मन्त्रीहरूसमेत नियुक्तिको तयारी भइरहेको छ। 

देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले इतिहास रचेकी छिन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । 
 

सुझावित समाचार