रामेछापको गुम्देलमा रहेको गाैरीशंकर संरक्षण केन्द्रकाे अस्थायी बिटमा आगजनी

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको संरक्षण केन्द्रकाे अस्थायी बिटमा बिहीबार दिउँसो अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्।

गौरिशंकर संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतकाे बिट हाे । आज बिहीबार दिउँसो करिब ४५–५० जनाको समूहले बिटमा ढुंगामुढा गर्दै आगजनी गरेका थिए।

उक्त घटनापछि सोही गाउँपालिकामा रहेको खड्ग दल गणबाट खटिएको सैनिक टोलीले स्थिति नियन्त्रणमा लिएको थियाे। 

सुझावित समाचार