उपत्यकामा नबिल बैंकको सेवा खुला : काठमाडौंभित्र तीनधारा, महाराजगन्ज र हलचोकका शाखा खुल्ने

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

नबिल बैंकले आज बिहीबार काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।

सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगन्ज र हलचोक, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा ललितपुरको सातदोबाटो शाखा छन्।

बैंकले उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।
 

सुझावित समाचार