कपिलवस्तु कारागारबाट भागेका ६० कैदीबन्दी पक्राउ

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको बहाना बनाएर कपिलवस्तु कारागारका अधिकांश कैदीबन्दी फरार भएका छन्। ४७० कैदी बन्दीमध्ये ४३५ जना फरार भएका हुन्।

कारागारबाट भागेकामध्ये ६० जनालाई पुनः पक्राउ गरी कारागार ल्याइएको छ। फरार कैदीहरूलाई नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

उनले भने, ‘सुरक्षा निकायले अहोरात्र नियन्त्रणको प्रयास गरिरहेको छ। फरार कैदीलाई कुनै हालतमा उन्मुक्ति दिइनेछैन। आदेश उल्लंघन वा हिंसात्मक गतिविधि गरे गोली प्रहारसम्मको आदेश दिइएको छ।’

यसैबिच, जिल्ला सुरक्षा समितिले २४ भदौ राति १० बजेदेखि नेपाली सेनासहितको संयुक्त सुरक्षा गस्ती सुरु गरेको जनाएको छ। समितिले अवाञ्छित गतिविधि गर्ने वा सार्वजनिक सुरक्षामा धावा बोल्ने जोकोहीमाथि कडा कारबाही गरिने बताएको छ।

सुझावित समाचार