‘सरकारको कानुनी वैधता र अस्तित्व सकियो, प्रधानमन्त्री राजीनामा देऊ’

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

सर्वाेच्च अदालत बार एसाेसिएसनले प्रधानमन्त्री केपी ओलीलाई सोमबार भएको घटनाको जिम्मेवारी लिई राजीनामा दिन माग गरेकाे छ । मंगलबार विज्ञप्ति जारी गदै एसाेसिएसनले यस्तो माग गरेको हो ।

भ्रष्टाचार, विकृति, विसंगति र अनियमितताविरुद्ध जेन–जीले आह्वान गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेर निहत्था प्रदर्शनकारीमाथि गोली चलाएर हत्या गरेको भन्दै त्यसको एसोसिएसनले भर्त्सना गरेको छ ।

सचिव रमणकुमार कर्णले  सरकारको कानुनी वैधता र अस्तित्व सकिएको भन्दै घटनाको सम्पूर्ण जिम्मा लिई प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । 

सुझावित समाचार