मुलुकभर आज भएको घटनाबाट मर्माहत भएकाे छु : राष्ट्रपति

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । उनले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् । 

राष्ट्रपति पैडेलले  अप्रत्याशित रुपमा आज भएको  घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपील गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

सुझावित समाचार