नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सरकार जनताको ज्यान धन जोगाउन पूर्णतः असफल भएको बताएका छन्।
भण्डारीले विज्ञप्तीमार्फत् सरकार असफल भएको भन्दै गृहमन्त्रीलाई तत्काल राजीनामा गराई कांग्रेस सरकारबाट बाहिरिनुपर्ने प्रष्ट पारेका छन्।
‘अहिलको कठिन र विषम परिस्थितिमा सरकार जनताको ज्यान धन जोगाउन पूर्णतः असफल भएको स्पष्ट देखिएको छ,’ उनले भनेका छन्, ‘यस कारण, नेपाली कांग्रेसका गृहमन्त्रीलाई तत्काल राजीनामा गराई सरकारबाट बाहिरिने निर्णय गर्न तथा शान्ति र अमनचयन कायम गर्न तत्काल केन्द्रीय समिति बैठक आह्वान गर्न हार्दिक अनुरोध गर्दछु।’
