भेलोसिटी अन्तरविद्यालय यू–१२ छात्र फुटसल प्रतियोगिता सम्पन्न

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

द भेलोसिटी स्कुलले आयोजना गरेको प्रथम भेलोसिटी अन्तरविद्यालय यू–१२ छात्र फुटसल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार र आइतबार आयोजित प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता थियो।

​प्रतियोगितामा विद्यावाणी पाठशालाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भयो। यस्तै, ख्रीष्टीयन कम्युनिटी स्कुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थान ब्रह्मकुञ्ज शिक्षा सदनले हासिल गर्यो। अक्षरा स्कुलले फेयर प्ले अवार्ड प्राप्त गरेको छ।

​कार्यक्रमको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान तथा खेलाडी एन्जिला तुम्बापो सुब्बाको विशेष उपस्थिति थियो। उनले प्रतियोगिताको भव्यता र आयोजक स्कुलले खेलकुद विकासका लागि चालेका कदमहरूको प्रशंसा गरिन्।

सुझावित समाचार