एकेएफ यू–२२ कराँते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य पदक

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

नेपालले २३औँ एकेएफ यू–२२ कराँते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ। चीनमा जारी प्रतियोगितामा नेपालले दुवै पदक क्याडेटतर्फ जितेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए। 

नेपालका रेहान जाबेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य पदक जितेका हुन्।

सुझावित समाचार