राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थले अवलोकन गरे इन्द्रजात्रा (तस्बिरहरू)

शनिबार, २१ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थहरू शनिबार अपराह्न बसन्तपुर पुगेर इन्द्रजात्रा अवलोकन गरेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेलले जुद्ध सालिकदेखि पैदलै हनुमानढोका दरबार क्षेत्रसम्म पुगेका थिए । राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरूले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गरेका हुन् ।

इन्द्रजात्रामा काठमाडाैं महानगरका मेयर बालेन शाहकाे समेत उपस्थिति रहेकाे थियाे ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।

सुझावित समाचार