सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा मैनाली

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशककाे जिम्मेवारी सहसचिव कृष्णप्रसाद मैनालीले पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई विभागमा खटाएको हो । 

मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालेका छन् । उपसचिव हुँदा पनि विभागमा बसेकाले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा अनुभव छ । 
 

सुझावित समाचार