सिजीको चाडपर्व विशेष ‘भित्र्याऔँ खुसी र समृद्धि’ योजना

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

नेपालीको महान् चाड दसैँ, तिहार र छठपर्वका अवसरमा सिजी इलेक्ट्रोनिक्सले विशेष ‘भित्र्याऔँ खुसी र समृद्धि– लेभल अप विथ सिजी’ चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ । योजना १८ भदौदेखि नेपालभरका सबै सिजी सोरुम तथा अधिकृत विक्रेतामा सीमित समयका लागि मान्य हुनेछ ।

अभियानअन्तर्गत ग्राहकले अत्याधुनिक सिजी तथा सिजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनमा एक लाख ८१ हजार नौ सयसम्मको आकर्षक क्यासब्याक, विशेष उपहार तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट, सेमी अटोमेटिक/टप लोड वासिङ मेसिनमा एरियल तीन केजी सरफ नि:शुल्क पाइनेछ । 

साथै, फ्रन्ट लोड वासिङ मेसिनमा भने एरियल ६ केजी सरफ, डिसवासरमा डिस्वासर वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन सेवा नि:शुल्क प्राप्त गर्ने सक्ने सिजीले जनाएको छ ।
 

See More On

सुझावित समाचार