न्वागी पर्वमा राक्सिराङमा तीन दिन बिदा

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकाले छोनामा अर्थात् न्वागीको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ। सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङमा उनीहरूको मुख्य पर्व न्वागीको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाले जारी गरेको सूचनामा यही भदौ २१, २२ र २३ गते (तीन दिन) गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा रहने जनाइएको छ।

न्वागी पर्वलाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालको अमूल्य सम्पदा तथा राष्ट्रिय सांस्कृतिक महत्त्वको रूपमा लिइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पर्वले आपसी सदभाव, शान्ति र एकताको सन्देश दिने विश्वास व्यक्त गर्दै सम्पूर्ण राक्सिराङवासी तथा मुलुकभर रहेका लिम्बू समुदायलाई शुभकामना दिएका छन्।

See More On

सुझावित समाचार