प्रभु महालक्ष्मीका सिइओ प्रसाईंलाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसार्इं ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित भएका छन् । 
छैटौँ एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डअन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट उनी सम्मानित भएका हुन् ।

सोमबार एक कार्यक्रमबिच प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ प्रसार्इंलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेका छन् ।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डअन्तर्गत विभिन्न पेसा–व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिलाई विविध विधामा सम्मान प्रदान गरिँदै आएको छ । नेपाललगायत एसियाका विभिन्न देशका आफ्नो पेसा–व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिलाई सम्मान गरिएको थियो ।

बिमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बिमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बिमा क्षेत्रमा उनले गरेको योगदानको कदरस्वरूप यो सम्मान गरिएको हो ।

सिइओ प्रसाईंको नेतृत्वमा आर्थिक वर्ष ०८१/८२ मा व्यवसाय वृद्धि गरी नेपाली बिमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

See More On

सुझावित समाचार