अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य दशरथ रंगशालामा रग्बी हुँदै

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

 एसियाली फुटबल महासंघ (एफसी)ले अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलका लागि अयोग्य ठहर दशरथ रंगशालामा ३० भदौमा रग्बी सिरिज हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा दोस्रो नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज त्रिपुरेश्वरको रंगशालामा हुने भएको हो । सिरिजमा रग्बी सेभेन्सका दुई तथा ३१ भदौमा फ्टिन्सको एक खेल हुने आयोजक संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन् । 

सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो । एएफसीले भने यसै वर्ष हुने मलेसिया र भियतनामको खेल दशरथ रंगशालामा गर्न नसकिने अखिल नेपाल फुटबल संघ (एन्फा)लाई बताएको छ । विशेषतः रंगशालामा सिट नम्बर व्यवस्थित नभएको तथा दर्शक, भिआइपी, मिडिया प्रवेश गर्ने एउटै गेट भएको एएफसीको भनाइ छ । 

रंगशालाको फ्लड लाइट र मैदानको सतहसमेत नमिलेको, डे«नेज पनि ठिक नभएको त्रुटि देखाउँदै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नमिल्ने बताएको छ । यससँगै नेपालले न्युट्रल भेन्यु खोज्नुपर्ने भएको छ । एएफसीले मलेसिया र भियतनामको खेल आयोजना गर्न नदिएपछि यही मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ । भदौ अन्तिम साता नै नेपालले बंगलादेशसँग दुई खेल खेल्दै छ ।

See More On

सुझावित समाचार