आयुषलाई कप्तानको जिम्मेवारी, नेपाली टोलीको बिदाइ

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

नेपालले मिडफिल्डर आयुष घलानको कप्तानीमा एएफसी यू–२३ एसियन कप छनोट खेल्ने भएको छ। टोलीमा आयुषसँगै राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुमित श्रेष्ठ, कृतिरत्न छुन्जु र स्ट्राइकर निरञ्जन धामी छन्। 

प्रशिक्षक नवीन न्यौपानेले सहभागी टोली बलिया भए पनि छनोट हुने लक्ष्य राखेको बताएका छन्। ‘राष्ट्रिय टोलीका चार तथा घरेलु प्रतियोगिता खेलेका खेलाडी हुँदा तालमेल राम्रो छ,’ उनले भने, ‘तयारी समय लामो पाएको थिए। दोस्रो चरणमा पुर्‍याउने लक्ष्य छ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीलाई शनिबार नै बिदाइ गरेको छ। टोलीमा आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ। ३ देखि ९ सेप्टेम्बरसम्म ताजिकिस्तानमा हुने छनोटमा नेपाल समूह ‘के’मा छ। यो समूहमा नेपालसँगै आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन्।

नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी 
डिफेन्डर : विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारू, सेमान्ता थापा 
मिडफिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी

सुझावित समाचार