प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता आजै

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा पुगेका छन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई चीन सरकारका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे। 

सुझावित समाचार