‘पार्क’ गरिएको बसमा द्रुत गतिको स्कुटर ठोक्किँदा जडीबुटीमा दुई युवकको मृत्यु

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित आकासे पुलनजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुइँकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– २, होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका– १, का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । 

सडक किनारामा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ । 

सुझावित समाचार