स्मार्ट च्वाइस पिसिआइएसएससीको बोर्ड सदस्य चयन

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस् काउन्सिल (पिसिआइएसएससी)को दक्षिण एसिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ ।

बोर्डमा नेपालबाट चयन हुने एससिटी एक मात्र संस्था हो । एससिटीबाहेक गुगल इंक, नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया, युरोनेट युएसए एलएलसीजस्ता भुक्तानी क्षेत्रका संस्थाहरूको समेत बोर्डमा प्रतिनिधित्व रहेको छ । 

पिसिआइएसएससी विश्वव्यापी मञ्च हो, जसले अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्ड विकास र प्रवर्द्धन गर्दै भुक्तानी कारोबारमा हुने साइबर जोखिम र सुरक्षा जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँदै आइरहेको छ ।

दक्षिण एसियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पिसिआइएसएससीले भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको बताइएको छ ।

सुझावित समाचार