छेलोको उपाधि दुजिक थापा मगरलाई

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

दुजिक थापा मगरले पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–०८२ अन्तर्गत छेलो हान्ने प्रतियोगिताको उपाधि हात पारेका छन् ।

हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाइडीकोे प्रायोजनमा जारी महोत्सवअन्तर्गत भएको प्रतियोगितामा १८ मिटर ८४ सेन्टिमिटर दुरी टाढा छेलो फालेर मगर प्रथम भएका थिए ।

दोस्रो स्थान हात पारेका मिलन सुनारले १७ मिटर ९१ सेन्टिमिटर र तेस्रो भएका सञ्जय अडाइ मगरले १७ मिटर ४० सेन्टिमिटरको दुरीमा छेलो फालेका थिए । 

प्रतियोगिताको उपाधि विजेताले १२ हजार ५५५, तोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ नगद पुरस्कार पाए । विजेताहरूलाई प्रनितिधि सभा सदस्य दामोदर पौडेल बैरागी, संविधानसभा सदस्य शारदा पौडेल, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
 

सुझावित समाचार