पूर्वप्रदेश प्रमुख झा थुनामै रहने

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

बलात्कार मुद्दामा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(झा) लाई उच्च अदालत पाटनले थुनामै राख्ने आदेश दिएको छ। पुर्पक्षका लागि थुनामा रहेका झा जिल्ला अदालतको आदेशविरुद्ध उच्च गएका थिए। 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले उनलाई थुनामै राख्ने आदेश दिएको हो। 
बलात्कार मुद्दामा गत ४ साउनमा उनी पक्राउ परेका थिए। १४ साउनमा जिल्ला अदालतले थुनामा पठाएको थियो। ४ जेठ २०८१ मा एक युवतीमाथि बानेश्वरको कात्यानी चोकमा आफूमाथि बलात्कार भएको एक युवतीको जाहेरी परेको थियो। 

आफ्नो कोठामै आएर झाले बलात्कार गरेको पीडितको जाहेरी छ। जाहेरीमा भनिएको छ, ‘तँलाई कसले मार्यो पनि थाहा हुँदैन, नेपालमा पैसा र पावरकै कानुन छ भन्दै धम्की दिँदै अस्मिता  लुटियो।’ छाडिदिन्छस् भनेर आग्रह गर्दा पनि मुख थुनेर पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। 

अहिराजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा मधेश प्रदेशको प्रदेश प्रमुख बनाएका थिए।
 

सुझावित समाचार